साऊदी अरबमा पनि फेला पर्यो कोरोनाको 'ओमिक्रोन' भेरिएन्ट



Download our app to get more features

एजेन्सी, १५ मंसिर । साऊदी अरबमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ ।

साऊदी अरब सरकारले बुधवार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको पहिलो केस फेला परेको पुष्टि गरेको हो ।

उत्तरी अफ्रिकाबाट आएका एक जना व्यक्तिमा कोरोनाको ओमिक्रोन भेरिएन्ट फेला परेको हो । कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि सम्पर्कमा आएका व्यक्ति र ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । 

मध्य–पूर्व र उत्तरी अफ्रिकामा ओमिक्रोनको भने यो पहिलो केश हो । यसअघि दक्षिण अफ्रिकामा मात्रै यसको केस फेला परेको थियो ।

साऊदी अरबले बुधबारबाट विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । तर, ओमिक्रोनको केस फेला परेपछि साऊदी सरकारले पुनः कडाई गर्ने र प्रतिबन्धलाई पनि थप्ने तयारी गरेको छ ।

Last modified on 2021-12-02 10:18:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts