दक्षिण अफ्रिकामा दोब्बरले बढ्यो कोरोना संक्रमण दर, २४ घन्टामा २८ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, १६ मंसिर । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको ओमिक्रोन भाइरसका कारण कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्न थालेको छ ।

२४ नोभेम्बरमा देखिएको कोरोनाको ओमिक्रोनका कारण दैनिक संक्रमणदर बढ्दै गएको छ । 

सोमवारयता दक्षिण अफ्रिकामा दोब्बरले कोरोना संक्रमणदर बढेको हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण दैनिक संक्रमण हुनेदर ८ हजार पुगेको छ ।

गत २४ घन्टामा दक्षिण अफ्रिकामा ८ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको ओमिक्रोन भाइरस हालसम्म विश्वको बेलायत, साउदी अरब, इजरायल, हंगकंग लगायतका मुलुकमा फेला परिसकेको छ ।

अन्य भाइरसको तुलनामा यो भाइरस बढी संक्रामक हुन सक्ने भन्दै वैज्ञानिक र विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

Last modified on 2021-12-02 14:40:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts