नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यू सेवा



Download our app to get more features

काठमाडौं,१६ मंसिर । नर्भिक अस्पतालले अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको छ । 

अस्पतालले विशेषज्ञ चिकित्सकसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्दार(रेस्क्यू)को सेवा प्रदान गरिरहेको हो । 

अस्पतालको गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाईमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । 

नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । 

उनले भने,'कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं । आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रुपमा बिस्तार गर्दै लगिनेछ ।'

कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो । 
 

Last modified on 2021-12-02 13:43:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts