स्टार अस्पताल र कुटुम्बको सहकार्यकामा निशूल्क स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाडौं,१६ मंसिर । स्टार अस्पताल र कुटुम्ब ब्याडको सहकार्यमा यहि मंसिर १८ गते (शनिबार) निशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

शनिबार किर्तिपुर बागभैरवमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । स्वास्थ्य शिविर बिहान १० बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । 

निशूल्क स्वास्थ्य शिविरमा जी आई र ग्यास्ट्रो (पेटसँग सम्बन्धित स्वास्थ्य जाँच),स्त्री रोग,बृद्ध बृद्धाको स्वास्थ्य र सामान्य स्वास्थ्य जाँच हुनेछ । 

त्यस्तै निशूल्क परामर्श,निशूल्क निर्धारित औषधि,निशूल्क ब्लड सुगर जाँच र निशूल्क प्रारम्भिक जाँच हुनेछ । 

अस्पतालले स्वास्थ्य शिविरबाट आउने बिरामीहरुलाई अनुसन्धान सेवामा २० प्रतिशत,रेफरल ओपीडीमा ५० प्रतिशत,औषधिमा ७ प्रतिशत,शल्यक्रियामा १० प्रतिशत र बेड शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । 

स्वास्थ्य शिविरमा कुटुम्ब ब्याडले आफ्नो प्रस्तुति समेत राख्ने बताइएको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts