भारतमा पनि पुष्टि भयो कोरोनाको ओमिक्रोन भेरिएन्ट



Download our app to get more features

एजेन्सी, १६ मंसिर । दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले बिहीवार वक्तव्य जारी गर्दै भारतको कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन भाइरस पुष्टि भएको बताएको छ ।

कोरोनाको ओमिक्रोना भेरिएन्ट पुष्टि भएपछि ती दुबै व्यक्ति र तीनका सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा राखिएको छ । 

यसै साता दक्षिण अफ्रिकाबाट ती दुई जना व्यक्ति भारतको कर्नाटक पुगेका थिए । उनीहरुलाई दक्षिण अफ्रिकाबाट आएको भन्दै आइसोलेसनमा राखिएको थियो । तर, ती व्यक्तिले सम्पर्क गरेकाहरुको भने खोजि भइरहेको बताइएको छ ।

Last modified on 2021-12-03 11:08:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts