भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए



Download our app to get more features

काठमाडौं, २० मंसिर । भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अरू देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनअघि देखिएको थियो।

यहाँ आइतबार बिहानसम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन्। यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ।

त्यसैगरी सातजना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ। अरू संक्रमितहरू नयाँदिल्लीमा नै भेटिएका छन्। आइतबार एकैदिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ।

पहिलो संक्रमण केही दिनअघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो। 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts