भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित १० जनाको रिपोर्ट नेगेटिभ



Download our app to get more features

एजेन्सी, २४ मंसिर ।  भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ। राजस्थानमा ओमिक्रोनबाट संक्रमित नौ जनाको रिपोर्ट नेगेटिभ आएको भारतीय संचारमाध्यमहरुमा समाचार छन्। पूणेका अर्का एक ओमिक्रोनबाट संक्रमितको १० दिनमा नेगेटिभ रिपोर्ट आएको छ। 

डेल्टा भेरियन्ट भन्दै ओमिक्रोनको संक्रमण खतरा रहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरिरहेका छन्। तर अहिले सम्म ओेमिक्रोनबाट संक्रमित हुने कसैको पनि मृत्यु भएको छैन। भारतमा नयाँ भेरियन्ट फैलिए पछि ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुगेको थियो।

Last modified on 2021-12-10 13:32:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts