ओमिक्रोनको संक्रमण बङ्लादेशमा पनि पुष्टि



Download our app to get more features

काठमाडौं,२६ मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण  बङ्लादेशमा पनि पुष्टि भएको छ। 

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट संक्रमित  पहिलो दुई बिरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री जहिद मालेक्युले संक्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिए।

विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु संक्रमित भएका हुन्।  

संक्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन् । 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts