विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २७ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, २७ मंसिर । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २७ करोड नाघेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ३२ हजार २ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २७ करोड ४ लाख २६ हजार ६ सय १९ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै बेलायतमा ४८ हजार ८ सय ५४, फ्रान्समा ४३ हजार ८ सय ४८, अमेरिकामा ३८ हजार ७ सय ८४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ३ हजार ९ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५३ लाख २१ हजार ८ सय ७१ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ लाख ५४ हजार ९ सय ३७ जना स्वस्थ भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २४ करोड ३० लाख ९८ हजार २ सय ६१ पुगेको छ । 

Last modified on 2021-12-13 16:42:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts