दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोभिड संक्रमण 



Download our app to get more features

काठमाडौं,२७ मंसिर । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । 

उनले  कोभिड संक्रमण भएपछि उपचार गराइरहेका छन् ।  सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सिरिल रामाफोसाले उपचार गराइरहेको आइतबार राति सो कार्यालयले जनाएको छ।

उनले  यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई  धेरै समस्या नभएको बुझिएको छ । 

तर पनि उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा गरिरहेको बताइएको छ। हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ।

तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।

रासस

Last modified on 2021-12-13 13:00:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts