बेलायतमा कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण पहिलो मृत्यु



Download our app to get more features

एजेन्सी, २८ मङ्सीर । बेलायतमा कोरोनाको नयाँ उत्परिवर्तित स्वरुप ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले यस विषयको पुष्टि गरेका हुन् ।

उनले ओमिक्रो भेरिएन्टका कारण अस्पताल भर्ना भएका व्यक्तिको मृत्यु भएको यो पहिलो केस भएको बताए । 

सोमवार लडण्नमा खोप केन्द्रको अवलोकनको क्रममा उनले पछिल्लो अध्ययन अनुसार ओमिक्रोन भेरिएन्टमा कोरोनाविरुद्धको खोप प्रभावकारी रहेको हुँदा खोपको दुबै मात्रा र बुस्टर डोज लगाउन आग्रह गरे ।
 
उनले पछिल्लो समय मुलुकमा कोरोनाको ओमिक्रोनका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्दै गरेको हुँदा खोपलाई प्राथमिकतामा राखेर खोप लगाउन सबैलाई आग्रह गरे ।

Last modified on 2021-12-14 15:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts