कोरोनाको ओमिक्रोन भेरियन्ट चीनमा पनि भेटियो 



Download our app to get more features

ऐजेन्सी,२८ मंसिर । चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।

चिनियाँ अधिकारीहरुका अनुसार विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ मा ओमिक्रोन पुष्टि भएको थियो । 

पहिलो पटक दक्षिण कोरियामा देखिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।

यसैबीच, डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्ट भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts