कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिरहेको छ : विश्व स्वास्थ्य संगठन



Download our app to get more features

एजेन्सी, २९ मंसिर । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ ।

संगठनले हालसम्म विश्वको ७७ मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट अत्यधिक म्यूटेट भएका कारण तीव्र गतिमा फैलिरहेको बताएको छ ।
  
संगठनका प्रमुख डाक्टर टेड्रोस एड्हनोम गेब्रियसुसका अनुसार यो भाइरस सायद पहिलेदेखि नै मानिसको शरीरमा रहेको र उनीहरुलाई थाहा नभएको हुन सक्ने जसका कारण यो तीव्र गतिमा फैलिरहेको छ ।

डक्टर टेड्रोसले ओमिक्रोनलाई कम प्रभावित भएको भनेर आँकलन गर्नु चिन्ताको विषय रहेको बताए ।

ओमिक्रोनको पहिलो केस दक्षिण अफ्रिकामा नोभेम्बर फेला परेको र अब विश्वका विभिन्न मुलुकमा फैलिन थालेको छ ।
 
मंगलवार मिडिया ब्रिफिंगको क्रममा डा. टेड्रोसले कोरोनाविरुद्धको खोप ओमिक्रोनमा कसरी प्रभावकारी हुन्छ भन्ने विषयमा पनि अहिले नै यकिन भन्न नसकिने बताए । 

Last modified on 2021-12-15 16:09:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts