अफ्रिकामा एक हप्तामै कोरोना भाइरसको संक्रमण ८३ प्रतिशतले बढ्यो



Download our app to get more features

एजेन्सी,२९ मंसिर । अफ्रिकामा कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ ।

बीबीसीका अनुसार पछिल्लो एक हप्तामा कोरोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको हो ।

तर मृत्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको खबरमा उल्लेख छ ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । 

सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । 

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको बताएको छ ।

Last modified on 2021-12-15 10:57:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts