बेलायतमा कोरोना संक्रमणको दर बढ्दै, एकैदिन थपिए ७८ हजारभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी, १ पुस । बेलायतमा एकैदिन झन्डै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाको तेस्रो चरणको लहर सुरु भएसँगै बेलायतमा कोरोना संक्रमणको दर बढ्दै गर्दा झन्डै ४० देखि ५० हजारका दरले संक्रमित थपिँदै आएकोमा बुधबार एकैदिन ७८ हजार ६ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि यसै वर्षको जनवरी ८ मा ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए । 

बुधवार पत्रकार सम्मेलनको क्रममा बेलायतका मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिटीले चेतावनी दिँदै भने आउने दिनमा योभन्दा पनि बढी खराब स्थिति निम्तिन सक्छ । 

उनले आउँदै गरेको क्रिसमस पर्वलाई ध्यानमा राखेर मनाउन र भौतिक समाजीक दुरी कायम गरेर मनाउन तथा सकेसम्म घरमै मनाउन पनि आग्रह गरे ।

बेलायतका केही क्षेत्रमा कोरोना संक्रमण दुई गुणाले बढ्दै गएकाले अनिवार्य खोपको बुस्टर लगाउन पनि उनले आग्रह गरे ।

Last modified on 2021-12-16 14:27:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts