सिरमले बनाएको कोरोनाविरुद्धको खोप कोभोभ्याक्सलाई विश्व स्वास्थ्य सङ्गठनको मान्यता



Download our app to get more features

एजेन्स, ३ पुस । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाविरुद्धको नयाँ खोप कोभोभ्याक्सलाई मान्यता दिएको छ । 

योसँगै विश्वभर कोरोनाविरुद्धको खोपको मान्यता पाउनेको सङ्ख्या ९ पुगेको छ । 

भारतको सिरम इन्स्टिच्यूटले बनाएको खोपको नाम कोभोभ्यास टीएम राखिएको छ । कोभोभ्याक्सले मान्यता पाएपछि कम आय भएका मुलुकमा खोप पु¥याउन सहज हुने अपेक्षा गरिएको छ । 

सङ्गठनका उपमहानिर्देशक डा. मारियान्जेला सिमोले कोभोभ्याक्सको मान्यतापछि कम आय भएका मुलुक र खोपको पहुँचमा नरहेकाहरूका लागि सहज हुने बताइन् । 

उनले विश्वका ४१ मुलुकमा हालसम्म १० प्रतिशतभन्दा पनि कमले कोरोनाविरुद्धको खोप लगाएको भन्दै ती मुलुककमा कोभोभ्याक्स पठाउन सके सहज हुने पनि बताइन् । 

हालसम्म विश्वका ९८ मुलुकमा कोरोनाविरुद्धको खोप लगाउनेको दर ४० प्रतिशतभन्दा बढी रहेको छ । 

सिरमले कोभोभ्याक्सको उत्पादन र आपूर्तिका लागि अमेरिकाको बायोटेक कम्पनीसँग साझेदारी गरेको कम्पनीका कार्यकारी प्रमुख आदर पुनावालाले जानकारी दिनुभएको छ । 

सिरमले यसअघि कोभिशिल्ड नामक कोरोनाविरुद्धको खोप उत्पादन गरिसकेको छ ।

Last modified on 2021-12-19 08:29:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts