भारतमा ओमिक्रोनका कारण चिन्ता बढ्दै, २० राज्यमा फैलियो



Download our app to get more features

एजेन्सी, ४ पुस । भारतको २० राज्यमा कोरोना नयाँ स्वरुप ओमिक्रोन फैलिएको छ ।

पछिल्लो समय दैनिक १५ देखि २० जनाका दरले भारतमा ओमिक्रोनका नयाँ सङ्क्रमित फेला पर्न थालेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन पुष्टि भएसँगै भारतका विभिन्न राज्यमा नयाँ ओमिक्रोन सङ्क्रमित फेला पर्न थालेका छन् । 

शनिवार मात्रै महाराष्ट्रको एक विद्यालयमा १६ जना बालबालिकामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै लखनउमा पनि ओमिक्रोनको आशङ्कामा १२ जनाको स्वाब जीन सिक्वेन्सिङ्गका लागि पठाइएको छ । 

सबैभन्दा पहिले कर्नाटकमा पुष्टि भएको ओमिक्रोन महाराष्ट्र, राजधानी दिल्ली, राजस्थान, गुजरात, पञ्जाब लगायत २० राज्यमा फैलिसकेको छ । 

सबैभन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोन फेला परेको छ भने देशभर ओमिक्रोनका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ सय ३४ पुगेको छ । 

देशभर ओमिक्रोनका कारण मानिसहरू सङ्क्रमित हुने क्रम बढेपछि भारत सरकारले कडाई गर्न थालेको छ । इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसलाई ध्यानमा राखेर भारत सरकारले नयाँ प्रतिबन्ध जारी गरेको छ ।

मुलुकमा ओमिक्रोनको जोखिम रहेकाले सकेसम्म घरभित्रै र भिडभाड नभएको स्थानमा पर्व मनाउन आग्रह गरेको छ भने यात्रामा पनि कडाई गरिएको छ ।

यसैबीच, ओमिक्रोनका कारण निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखी विभिन्न सहरमा अस्थायी अस्पताल निर्माण र आवश्यक तयारी सुरु भएको छ । 

Last modified on 2021-12-19 16:10:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts