विश्वकपका लागि क्लालिफाइङ खेल्न गएका तञ्जानियाका खेलाडीलाई कोरोना पोजेटिभ



Download our app to get more features

एजेन्सी,५ पुस । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा  ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।

त्यहाका फुटबल अधिकारीहरुका अनुसार २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।  

उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए र बुरुन्डीमै कोरोना पोजेटिभ भएको समाचरमा जनाइएको छ ।

समाचारका अनुसार उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका हुन् ।   

बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहको बेला त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरुले खेल्न नपाएको बताइएको छ ।

Last modified on 2021-12-21 11:20:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts