टाईम फर्माद्धारा पाँचखालको स्वास्थ्य चौकीलाई औषधि सहयोग 



Download our app to get more features

काठमाडौं,५ पुस । टाईम फर्मास्यूटिकल्स् प्रा.लि ले काभ्रेको पाँचखाल नगरपालिका वडा न.७ मा रहेको स्वास्थ्य चौकीलाई औषधि वितरण गरेको छ । 

फर्मास्यूटिकल्स्ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य चौकीलाई औषधि वितरण गरेको हो । 

यसअघि पनि स्वास्थ्य चौकीबाट विभिन्न खालको औषधिहरु माग हुने गरेको र त्यसलाई नै मध्यनजर गर्दै १२ प्रकारको औषधि वितरण गरेको टाईम फर्माले जनाएको छ । 

त्यस्तै फर्माले ललितपुरको नख्खुडोलमा रहेको 'द अरफान होम' र बसुन्धारामा रहेको 'आस्था फाउन्डेसन'लाई स्वास्थ्य सामग्री,लत्ताकपडा र खाधान्न सहयोग गरेको छ । 

आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिने फर्माका मर्केटिङ्ग प्लानिङ्ग म्यानेजर सबिन राज शाक्यले बताए ।

टाईम फर्माले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Last modified on 2021-12-20 15:42:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts