अमेरिकामा ५० करोड कोरोना परीक्षण निःशुल्क गर्ने राष्ट्रपति बाइडेनको घोषणा



Download our app to get more features

एजेन्सी, ७ पुस । अमेरिकामा ५० करोड कोभिड र्यापिड टेस्ट निः शुल्क हुने भएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरिएन्टलाई नियन्त्रण गर्नका लागि ५० करोड कोभिड र्यापिड टेस्ट निःशुल्क गर्ने बताएका छन् ।

मंगलवार एक भाषणको क्रममा उनले अस्पताललाई टेस्टिंग र सैन्य सहयोग उपलब्ध गराउने पनि घोषणा गरे । 

कोरोनाको ओमिक्रोनको कारण हुन सक्ने जोखिमका लागि सरकार तयार रहेकाले लकडाउन भने नहुने पनि प्रष्ट पारे ।

उनले हामीलाई अब धेरै कुरा थाहा भइसकेकाले सन् २०२० को जस्तो अवस्था आउन नदिनका लागि तयार रहेको बताए । 

अमेरिकामा अहिले कोरोनाको ओमिक्रोन भेरिएन्ट प्रमुख भेरिएन्ट बनिसकेको भन्दै उनले आउने समयमा सरकार तयारी अवस्थामा रहेको पनि उनले उल्लेख गरे ।

राष्ट्रपति बाइडेनले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको र केही क्षेत्रमा खोप अभियान बाँकी रहेकाले त्यहाँपनि छिटै खोप लगाउन सुरु हुने प्रष्ट पारे ।

Last modified on 2021-12-22 11:03:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts