इजरायलमा कोरोनाविरुद्धको खोपको चौथो मात्रा लगाउने तयारी



Download our app to get more features

एजेन्सी, ७ पुस । इजरायलले कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने तयारी गरेको छ ।

इजरायलले ओमिक्रोन भेरिएन्टका कारण नयाँ संक्रमणको लहरका कारण चौथो डोज दिने तयारी गरेको हो ।

इजरायल कोरोनाविरुद्धको खोपको चौथो मात्रा लगाउने विश्वकै पहिलो मुलुक बन्नेछ ।
 
इजरायलका महामरी विशेषज्ञले ६० वर्षभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मीलाई चौथो बुस्टर डोज लगाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री नफ्टाली बेनेटले सिफारिसको योजना स्वागत गर्दै अधिकारीहरुलाई तयारीका लागि पनि निर्देशन दिएका छन् ।

इजरायलमा पहिलोपटक ओमिक्रोनका कारण मृत्यु भएपछि सरकारले यो तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले इजरायलमा ओमिक्रोन भेरिएन्टका कारण कम्तिमा ३ सय ४० जना संक्रमित भएका छन् 

Last modified on 2021-12-22 16:50:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts