चीनको शियान सहरमा कोरोना संक्रमणको दर बढेसँगै लकडाउन घोषणा



Download our app to get more features

एजेन्सी, ८ पुस । कोरोना संक्रमणको दर बढ्न थालेपछि चीनको शियान सहरमा लकडाउन घोषणा गरिएको छ ।

चीन सरकारले एक करोड ३० लाख जनसंख्या रहेको शियानमा मानिसहरुलाई घरभन्दा बाहिर निस्कन रोक लगाएको छ । 

शानशी प्रान्तमा रहेको शियान सहरमा ९ डिसेम्बर पछि बुधवार १ सय ४३ जनामा संक्रमण पुुिष्ट भएको छ ।

नयाँ पतिबन्ध अनुसार हरेक २ दिनमा एकजना व्यक्ति मात्रै आवश्यक सामान खरिदका लागि घर बाहिर निस्कन पाउने छन् ।

अनावश्यक कामभन्दा बाहिर ननिस्क्न पनि आग्रह गरेको छ ।

Last modified on 2021-12-23 14:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts