दिल्लीमा ओमिक्रोनको त्रास,क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पार्टी गर्न प्रतिबन्ध 



Download our app to get more features

ऐजेन्सी,८ पुस । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ । 

त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ । भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढेका छन् ।

बुधबारसम्म भारतमा  २ सय १३ जनामा ओमिक्रोन संक्रमण भएको छ । 

Last modified on 2021-12-23 11:12:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts