बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिए 



Download our app to get more features

ऐजेन्सी,८ पुस । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । 

अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी संक्रमित  भेटिएका हुन् । यसअघि त्यहाँ एकै दिनमा लगभग ९६ हजारमा  कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् । 

त्यहाँका अधिकारीहरुले प्रकोप सुरु  भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन्। त्यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts