भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमित २ सय ३६ पुगे



Download our app to get more features

नयाँ दिल्ली, ८ पुस ।  भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएकाे केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ। महाराष्ट्रमा ६५ जना, दिल्लीमा ५४ र तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ।

सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७८ हजार २९१ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२३ प्रतिशतमात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो संख्या ५७६ दिनको नै सबभन्दा कम रहेको अधिकारीले जनाएका छन्।

गएको २४ घण्टामा भारतमा ६ हजार ९६० कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.४१ प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ४० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ। -रासस/एएनआई


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts