विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, ९ पुस । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख नाघेको छ। गत २४ घण्टामा ६ हजार ४२५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५४ लाख १४२ पुगेको हो।

गत २४ घण्टामा अमेरिकामा १ हजार ४, रसियामा १ हजार २, पोल्याण्डमा ६१६, जर्मनीमा ४०२, फ्रान्समा १७९, टर्कीमा १६८, इटलीमा १५३, वेलायतमा १४७, भारतमा १०४ र ब्राजिलमा १०० जनाको मृत्यु भएको छ।

पछिल्लो समय कोरोना संक्रमण दर पनि ह्वात्तै बढेको छ। एकै दिन झण्डै साढे ९ लाखजनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अमेरिकामा मात्रै २४ घण्टामा साढे २ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

यस्तै‚ वेलायतमा १ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा ९१ हजार ६००, स्पेनमा ७२ हजार ९००, इटलीमा ४४ हजार ६००, जर्मनीमा ३९ हजार २००, रसियामा २५ हजार ६००, क्यानडामा २१ हजार ५०० र भारतमा ६ हजार ७०० जना संक्रमित थपिएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts