कोरोनाको ओमिक्रोनको जोखिम बढेपछि भारतको महाराष्ट्रमा आज रातिदेखि नयाँ प्रतिबन्ध लागू हुँदै



Download our app to get more features

भारत, १० पुस । भारतको महाराष्ट्रमा आज रातिदेखि नयाँ प्रतिबन्ध लागू हुँदैछ । 

कोरोना भाइरसको ओमिक्रोन स्वरुप तीव्र गतिमा फैलिन थालेपछि महाराष्ट्रमा आजराति १२ बजेदेखि नयाँ प्रतिबन्ध लागू हुने बताइएको छ । 

क्रिसमस र नयाँ वर्षको लागि मानिसहरू भेला हुने क्रम बढ्दा कोरोनाको जोखिम बढ्ने भएकाले महाराष्ट्र सरकारले नयाँ नियमहरू लागू गरेको छ । 

नयाँ नियम अनुसार अब मानिसहरू सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने, विवाह समारोहमा सय जना मात्रै सहभागि हुन पाउने भएका छन् । 

भारतको विभिन्न राज्यमा कोरोनाको ओमिक्रोन सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि भारत सरकारले विभिन्न राज्यलाई आवश्यक तयारी गर्न र कडाई गर्न आग्रह गरिसकेको छ । 

हालसम्म कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतको २० राज्यमा फैलिसकेको छ ।  महाराष्ट्रमा मात्रै हालसम्म ओमिक्रोनको १ सय ८ केस फेला परिसकेको छ ।

Last modified on 2021-12-26 09:56:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts