भारतमा १५ देखि १८ वर्षका बालिबालिकालाई ३ जनवरीदेखि खोप लगाउने तयारी



Download our app to get more features

भारत, ११ पुस । भारत सरकारले ६० वर्ष नाघेका नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर लगाउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार राष्ट्रको नाममा सम्बोधन गर्दै ६० वर्ष नाघेका र स्वास्थ्यकर्मीलाई कोरोनाको बुस्टर लगाउने घोषणा गरेका हुन् ।

यस्तै १५ देखि १८ वर्ष मुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको मोदीले बताए । उनले सन् २०२२ को जनवरी ३ देखि सबै १५ देखि १८ वर्षका बालिकालाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए ।

उनले जनवरी १० देखि ६० वर्ष नाघेका र स्वास्थ्यकर्मीलाई कोरोनाको बुस्टर लगाउने पनि बताए ।

भारतमा यसै वर्षको १६ जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । हालसम्म भारतमा वयस्क जनसङ्ख्यामध्ये ६४ प्रतिशतभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ भने वयस्क जनसङ्ख्याको ९० प्रतिशतले खोपको एक मात्रा लगाएका छन् । 
 
भारत कोरोनाको दोस्रो चरणको लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बन्यो । पछिल्लो समय कोरोनाको ओमिक्रोनले पनि भारतमा मानिसहरू सङ्क्रमित हुने क्रम बढ्दै  गएको छ । जसका कारण विभिन्न राज्यमा पुनः प्रतिबन्ध लागू गरेर कडाई गर्न थालिएको छ ।

Last modified on 2021-12-26 13:34:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts