ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु



Download our app to get more features

ऐजेन्सी,११ पुस । ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भएको छ ।  शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र १ सय ६४ जनाको मृत्यु भएको हो । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  गएको २४ घन्टामा ४ हजार १ सय ४६ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि ब्राजिलमा बढेको पाइएको छ । यो भाइरसको संक्रमण सुरु भएयता ६ लाख १८ हजार ३ सय ९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ ।

त्यहाँ कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर संक्रमण पनि बढेको पाइएको छ । ब्राजिलमा ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts