भारतमा ओमिक्रोनको संक्रमण बढ्यो, नयाँ दिल्लीमा फेरि कर्फ्यू



Download our app to get more features

काठमाडौं, १२ पुस । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ। भारतमा पछिल्लो २४ घन्टामा ७ हजार जनामा कोभिड संक्रमित भेटिएका छन्। उनीहरूमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ। नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन्। यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो।

नयाँ दिल्लीबाहेक अन्य शहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन्। अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लब लगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ।

Last modified on 2021-12-27 15:57:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts