अष्ट्रेलियामा ओमिक्रोन संक्रमणबाट पहिलो मृत्यु



Download our app to get more features

ऐजेन्सी,१२ पुस । अष्ट्रेलियामा कोरोनाका ओमिक्रोन भेरियन्टका कारण पहिलो मृत्यु भएको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा ८० वर्षका ओमिक्रोन संक्रमितले अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

विभिन्न रोगसँग जुधिरहेका ती व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका थिए ।

न्यू साउथ वेल्स अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो । यहाँ सोमबार ६,००० भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

Last modified on 2021-12-27 10:55:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts