भारतमा आजदेखि देशभरका डाक्टर आन्दोलनमा, सबै सेवा ठप्प



Download our app to get more features

भारत, १३ पुस । भारतमा आजदेखि देशभरका डाक्टरहरु आन्दोलनमा उत्रेका छन् ।

सोमवार राति भारतको राजधानी दिल्लीमा प्रदेशन गरिरहेका डाक्टर र प्रहरीबीच झडप भएपछि डाक्टरहरुको संगठन फेडरेशन अफ अल इन्डिया मेडिकल एशोसिएशनले आज देशव्यापी हड्तालको घोषणा गरेका हुन् ।

सोमवार अबेरराति प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएसनले शान्तिपूर्ण आन्दोलन गरिरहेका डाक्टरहरुमाथि दिल्ली पुलिसको तर्फबाट भएको बल प्रयोगको विरुद्ध आज बिहान ८ बजेदेखि देशभरको स्वास्थ्य सेवा ठप्प गर्ने बताएको हो ।

नीट–पीजी २०२१ काउसिन्लिङगमा ढिलो भएको भन्दै दिल्लीमा ठूलो संख्याका रेजिडेन्ट डाक्टरहरु प्रदर्शनमा उत्रेका छन् । 

दिल्ली पुलिस र प्रदर्शन गरिरहेका डाक्टरबीच भएको झडपमा दर्जनौ घायते भएका छन् ।

Last modified on 2021-12-28 14:39:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts