संक्रामक रोगहरू रोक्न राष्ट्रसंघका महासचिव गुटेर्रेसद्वारा विश्वव्यापी एकताको आह्वान



Download our app to get more features

एजेन्सी,१३ पुस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले भिडियो सन्देश दिदै  विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्।

उनले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने कुरा कोरोनाले देखाएको बताएका छन् । 

अहिलेसम्मका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको पनि उनले बताएका छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts