भारतमा थप ६ सय ५३ जनामा ओमिक्रोन भेरियन्ट देखियो 



Download our app to get more features

काठमाडौं,१३ पुस । भारतमा गत २४ घण्टामा  ६ सय ५३ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । 

भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार थप ६ हजार ३ सय ५८ संक्रमित मध्ये ६ सय ५३ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । 

गएको २४ घण्टामा भारतमा  ६ हजार ४ सय ५० जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४२ लाख ४३ हजार ९ सय ४५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । 

भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

सोही अवधिमा थप २९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८० हजार २ सय ९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। 

Last modified on 2021-12-29 08:03:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts