चीनमा कोरोना संक्रमितको संख्या बढ्दै



Download our app to get more features

एजेन्सी,१३ पुस । चीनमा  कोरोना भाइरसका नयाँ संक्रमितहरु  भेटिएन थालेका छन् । 

त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार चीनभित्रै संक्रमण भएका  नयाँ संक्रमितहरु भेटिने क्रम बढ्दै गएको हो । 

उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ संक्रमित  थपिएका छन् । ती संक्रमितहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ। तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए।

त्यस्तै १५ जना मात्र संक्रमितहरु  बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित  भेटिने क्रम बढ्दै गएको छ।

यहाँका स्थानीय नागरिकहरुमा नै संक्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ।

कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts