फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि, एकै दिन १ लाख ८० हजार संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, १४ पुस । फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको हो। पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ।

फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन्। क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण युरोपमा कोभिड तीव्र फैलिएको छ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले चेतावनी दिँदै आएको छ। जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले चेतावनी दिएका छन्। आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिने फ्रान्सेली अस्पताल महासंघले जनाएको छ। 

सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। फ्रान्समा अहिलेसम्म दुई करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाएका छन्।

Last modified on 2021-12-29 08:24:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts