म्याराडोनाका भाइ हुगो म्याराडोनाको हृदयघातका कारण निधन



Download our app to get more features

काठमाडौं, १४ पुस । अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोनाका भाइ हुगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण हुगोको ५२ वर्षको उमेरमा निधन भएको हो ।

हुगो पनि व्यवसायिक फुटबलर हुन् । नापेल्स नजिकै रहेको घरमै उनको निधन भएको हो । डिएगोले आफ्नो खेल जीवनको शीर्ष समय सन् १९८४ देखि १९९१ सम्म नापेल्समा खेलेका थिए ।

१३ महिना पहिले डिएगोको निधन भएको थियो । विश्व फुटबलमा सर्वकालीन उत्कृष्ट खेलाडी मध्येमा लिइने म्याराडोनाको ६० वर्षको उमेरमा कार्डिक अरेस्टका कारण निधन भएको थियो ।

म्याराडोनाका भाइले इटाली, स्पेन, जापान र अर्जेन्टिनामा व्यवसायिक फुटबल खेलेका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts