डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने डब्ल्यूएचओको भनाइ



Download our app to get more features

ऐजेन्सी,१५ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने बताएको छ । 

डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका हुन् । 

युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ संक्रमितहरु  देखा परिरहँदा डा.टेड्रोसको त्यस्तो भनाइ आएको हो।

उनले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्।

डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भने,'थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।'

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक  रहेको सुझाएका छन् ।

रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै ९ लाख संक्रमित थप भइरहेका छन्।

Last modified on 2021-12-30 10:41:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts