स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाललाई बंगालादेशले सम्मान गर्ने

काठमाडौं, १६ पुस । वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल सम्मानित हुनेभएका छन् ।
बंगालादेशका राष्ट्रिय पिता शेख मुजिवन रहमानको शतवार्सिकी तथा बंगालादेश स्वतन्त्र भएको ५० वर्ष पुरा भएको अवसरमा बंगालादेश सरकारले डा. रिजाललाई सम्मानित गर्ने भएको हो।
डा. रिजालले बंगालादेशको स्वतन्त्रता दिवसको अवसरमा घोषणा भएको अवार्ड शनिबार प्रदान गरिने जानकारी दिँदै शुक्रबार अवार्डका लागि बंगलादेश जाने बताए । बंगलादेश सरकारले डा. रिजाललाई स्वतन्त्रता गोल्डेन जुव्ली अन्तराष्ट्रय अवार्डका प्रदान गर्न लागेको हो ।
बंगलादेश सरकारले सम्मानकोलागि पठाएको पत्रमा स्वतन्त्रता (मुक्तिबाहिन) आन्दोलनमा अवार्ड प्रदान गरीएको उल्लेख छ ।
डा. रिजालले ११ वर्ष बंगालादेशमा बसेर एमविविएस र पोष्ट ग्राजुएट अध्ययन पुरा गरेका थिए । बंगालादेश (तत्कालीन पाकिस्तान) मा अध्यनरत रहँदै दुई देश छुट्टीएका थिए । ‘म अध्ययन गर्न जादा पाकिस्तान नै थियो रिजालले भने ,‘हामी अध्ययन गर्दा गर्दै दुई देश छुटिएको हो ।’





















