विश्वभर एकै दिन १८ लाखभन्दा बढीमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १६ पुस । विश्वभर एकै दिन १८ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा अमेरिकामा मात्रै ५ लाख २८ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै‚ फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार, अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८००, टर्कीमा ३९ हजार ६०० र भारतमा १५ हजार ६०० जना संक्रमित थपिएका छन्।

सोही अवधिमा विश्वभर ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो। यो अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन्।

Last modified on 2021-12-31 10:15:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts