भारतमा फेरि बढे कोभिड संक्रमित, ९६१ मा ओमिक्रोन देखियो



Download our app to get more features

एजेन्सी, १६ पुस । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ। २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको  छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवालले भने। उनका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन्। 

केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रिय संक्रमित छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौं। दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ। तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ । 

कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन्। नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ। भारतमा ओमिक्रोत संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन्।

Last modified on 2021-12-31 15:36:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts