सन् २०२२ मा कोरोना महामारीमाथि विश्वले विजय प्राप्त गर्ने डब्लुएचओको विश्वास



Download our app to get more features

एजेन्सी, १६ पुस ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्ने विश्वास प्रकट गरेको छ । 

नयाँ वर्षको अवसरमा सन्देश जारी गर्दै ‘डब्लुएचओ’का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले नयाँ वर्षमा कोरोनामाथि विजय प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् । 

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने समेत उनले बताएका छन् । 

उनले ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ कोरोना संक्रमण नियन्त्रणमा चुनौतीको विषय भएको पनि उल्लेख गरेका छन् । 

दुई वर्ष पहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । 

हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ५२ हजार नाघेको छ । झण्डै ३ करोड सक्रिय संक्रमित छन् ।

Last modified on 2022-01-02 07:40:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts