रोटरीको सहयोगमा बुटवलको भलवारीमा डेन्टल सेन्टर सञ्चालनमा 



Download our app to get more features

बुटवल, १६ पुस । मुख तथा दन्त स्वास्थ्य सेवा उपलव्ध गराउने गरी तिलोत्तमा नगरपालिका ७ भलवारीमा रोटरी कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा आएको छ ।

रोटरीक्लव अफ् काठमाडौँ नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अफ उकु जिंङजोङ ताइवान आरआई डिस्ट्रिक ३४९० र रोटरी इन्टरनेशनलको आर्थिक तथा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर ९केडीसी० को प्राविधिक सहयोगमा रोटरी कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा आएको हो ।

त्यस अन्तरगर्त सेन्टरका लागि स्थान तथा पाँच जना प्राविधि जनशक्ति केडीसीले उपलव्ध गराई सेवा सञ्चालन हुनेछ ।

बिहीबार भलवारीमा आयोजित उद्घाटन समारोहमा आरआई डिस्ट्रिक ३२९२ नेपाल भुटानको सन् २०२३र०२४ को लागि डिस्ट्रिक गभर्नर राजेन्द्र धोजुले शुभकामना दिदै यस क्षेत्रका जनताको मुख तथा दन्त स्वास्थ्यका लागि कोशेढुंगा सावित भएको बताए ।

कार्यक्रममा द रोटरी फाउन्डेशनका क्याडर राजेन्द्र लम्सालले रोटरीले स्वास्थ्य क्षेत्रमा पु¥याएको कार्यको चर्चा गर्दै तिलोत्तमाका जनताले स्थानीय तहमै गुणस्तरीय उपचार पाउनु खुशीको कुरा भएको बताए ।

रोटरी क्लव अफ् काठमाडौं नर्थका पास्ट प्रेसिडेन्ट एवं केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तरगत भलवारीमा डेन्टल सेन्टर सञ्चालनमा आएको बताए । उनले यो प्रोजेक्ट अन्तरगर्त चार स्थानमा सेन्टर सञ्चालनमा ल्याइने भन्दै अहिलेसम्म दुईवटा सञ्चालनमा आएको बताए ।

यसअघि रोटरीले स्याङ्जाको गल्याङ नगरपालिकाको नगर अस्पतालमा केडीसीकै सहयोगमा दन्त विभाग सञ्चालनमा ल्याएको थियो ।

डा. श्रेष्ठले बाँकी दुई स्थानमा छिटै सञ्चालनमा ल्याइने जनाए । उनले परियोजना अन्तरगर्त माघ महिनामा सामुदायिक विद्यालयका ५ हजार जना विद्यार्थीहरुको मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई मुख तथा दन्त स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको पनि सुनाए ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका इमिडियट पास्ट प्रेसिडेन्ट सुनिल श्रेष्ठले पनि रुपन्देही आसपासमा रहेका रोटरी क्लव र रोटरियनहरुले यो परियोजनालाई सहयोग गर्ने बताए ।

मन्तव्यमा उनले रोटरीक्वल अफ काठमाडौँ नर्थ र आफूहरुको क्वल मिलेर यसरी नेपालका विभिन्न भूभागमा गएर काम गर्न सक्नु अत्यन्त खुशीको कुरा भएको बताए ।

Last modified on 2022-01-02 16:30:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts