भारतमा आजबाट १५ देखि १८ वर्ष पुगेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै



Download our app to get more features

भारत, १९ पुस । भारतमा आजबाट १५ देखि १८ वर्ष पुगेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । 

भारत सरकारले कोरोना महामारीको तेस्रो चरणको लहरका कारण उच्च जोखिममा बालबालिका रहेकाले आजबाट १५ देखि १८ वर्ष पुगेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको हो । 

भारत सरकारले बालबालिकाका लागि भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिन खोपलाई मान्यता दिएको छ ।

भारत बायोटेकले बालबालिकामा कोभ्याक्सिन निकै नै प्रभावकारी देखिएको र विभिन्न चरणको परीक्षण पछि सरकारसँग प्रयोगका लागि अनुमति पाएको हो । 

भ्याक्सिन लगाउनका लागि १ जनवरीदेखि नै रजिस्ट्रेशन सुरु भएको थियो । 

भारत सरकारले खोप लगाउनु अघि बालबालिकाको भाइटल टेस्ट गर्ने भएको छ । बालबालिकाको उचाइँ र स्वास्थ्य अवस्थालाई हेरेर मात्रै खोप लगाइने भारत सरकारले जनाएको छ । 

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको छ । कोरोना महामारीको तेस्रो चरणको लहरको सङ्केत देखिन थालेपछि बालबालिकालाई ध्यानमा राखी खोप अभियान सुरु हुन लागेको हो । 

गत २४ घन्टामा मात्रै भारतमा ३२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको विभिन्न राज्यमा कोरोनाको ओमिक्रोनले समुदायस्तरमै सङ्क्रमण फैलिएपछि जोखिम बढेको हो । 

Last modified on 2022-01-03 10:48:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts