चिसोसँगै प्रेसरका बिरामी बढेको भन्दै नियन्त्रणको लागि डा.अधिकारीको यस्तो छ सुझाव 



Download our app to get more features

चितवन, १९ पुस । जाडो मौसममा चिसो बढेसँगै उच्च रक्तचाप (प्रेसर)का बिरामी समेत बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । 

जाडो बढेसँगै प्रेसरका नयाँ बिरामी बढ्ने क्रममा देखिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अन्य स्वास्थ्य समस्या लिएर परिक्षणमा आउँने बिरामीहरु जो आफूमा उच्चरक्तचाप नै छैन भन्नुहुन्छ, उहाँहरू मध्ये धेरैमा अत्यधिक रक्तचाप बढेको देखियो ।’

गत दुइ दिनको ओपीडीको तथ्याङ्कलाई हेर्दा नै करीब २५ प्रतिशत बिरामीले आफ्नो पहिलो पटक यति धेरै रक्तचाप देखिएको, यसअघि कहिल्यै रक्तचाप नदेखिएको वा थाहा नभएको भन्ने प्रतिक्रिया दिएको उनले बताए । 

डा.अधिकारीका अनुसार विश्वको जनसङ्ख्याको करीब ४ भागमा एक भाग उच्चरक्तचाप भएका मानिसहरु छन् । जसमध्ये करीब २५ प्रतिशत जनसंख्या बच्चा र युवक रहेको छ । यस्तो तथ्याङ्कले चिकित्सकमा झन चिन्ता थपिएको छ ।

सन्सारमा तीन प्रकारका उच्चरक्तचापका मानिसहरू रहेको उनले बताए । उनका अनुसार पहिलो – उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो – उच्चरक्तचाप छ, औषधि सेवन गर्छ तर  नियन्त्रणमा छैन अनि तेस्रो – उच्चरक्तचाप छ, औषधि सेवन गर्छ र नियन्त्रणमा पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ ।

नियमित कसरत, दैनिक करीब ३० मिनेटको फटाफट हिडाइ, नुन चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यकता अनुसार औषधिको सेवन गरी रक्तचापलाई १३०/८० भन्दा कम राख्ने लक्ष्य राख्न डा. अधिकारीको सुझाव छ ।

Last modified on 2022-01-03 16:42:00

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts