भारतमा एकैदिन ३३ हजार बढीमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १९ पुस । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो  १.६८ प्रतिशत हो। यसअघि आइताबर  २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा सोमबारदेखि १५ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको खोप दिइने भएको छ । यसका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।

Last modified on 2022-01-03 16:04:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts