विश्वमा एकै दिन थप ११ लाखमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २० पुस । विश्वभर एकै दिन साढे ११ लाख कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा मात्रै २ लाख ७६ हजार जना रहेका छन्।

यस्तै‚ वेलायतमा १ लाख ५७ हजार, स्पेनमा ९३ हजार, इटलीमा ६८ हजार, फ्रान्समा ६७ हजार ४००, टर्कीमा ४४ हजार ८००, भारतमा ३५ हजार ९००, जर्मनीमा २६ हजार ३००, रसियामा १६ हजार ३०० र ब्राजिलमा ११ हजार ८०० जना नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा झण्डै ४ हजार जनाको कोरोनाकै कारण मृत्यु भएको छ। रसियामा ८३५, अमेरिकामा ४०९, फ्रान्समा २७०, जर्मनीमा १९६, टर्कीमा १६०, इटलीमा १४०, युक्रेनमा ११४ र ब्राजिलमा ७४ जना संक्रमितको मृत्यु भएको हो।

यही अवधिमा ५ लाख २९ हजार जना संक्रमणमुक्त भएका छन्। हाल विश्वभर सक्रिय संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ।

Last modified on 2022-01-05 08:08:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts