दक्षिण कोरियामा ओमिक्रोन सङ्क्रमित बढ्दै, दुईजनाको मृत्यु



Download our app to get more features


ऐजेन्सी, २० पुस । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । 

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएपनि कोरियामा पहिलो पटक यी दुई जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

Last modified on 2022-01-05 16:24:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts