विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो‚ एकै दिन थपिए साढे २० लाख



Download our app to get more features

काठमाडौं, २१ पुस । विश्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा २० लाख ४९ हजार १०० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनभन्दा ९ लाख बढी संक्रमित थपिएका हुन्। अघिल्लो दिन विश्वभर साढे ११ लाख संक्रमित भेटिएका थिए।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र ५ लाख ३९ हजार ३०० जनामा कोरोना संक्रमण भएको छ। यस्तै‚ फ्रान्समा २ लाख ७१ हजार ६००, बेलायतमा २ लाख १८ हजार ७०० संक्रमित भेटिएका छन्।

यस्तै‚ इटलीमा १ लाख ७० हजार, स्पेनमा १ लाख १७ हजार ७००, अर्जिन्टनामा ८१ हजार २००, टर्कीमा ५४ हजार ७०० र भारतमा ५१ हजार ७०० जना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या २९ करोड ५३ लाख १० हजार पुगेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट मृत्यु ५ हजार ९०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकमा १ हजार ७४८, रुसमा ८३४, पोल्याण्डमा ४३३, जर्मनीमा ३९७, इटलीमा २२२ र ब्राजिलमा १३९ जनाको मत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ५४ लाख ७२ हजार ६२५ पुगेको छ।

Last modified on 2022-01-05 11:00:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts