कोरोना संक्रमणदर बढेपछि दिल्लीमा एकहप्ता कर्फ्यूको घोषणा 



Download our app to get more features

 ऐजेन्सी,२१ पुस । भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस संक्रमितहरुको सङ्ख्या बढ्दो क्रममा छ ।

मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी संक्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन् ।

धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ । कुल संक्रमित मध्ये झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन् ।

खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा.एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका छन् ।

कोभिड संक्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन् ।

मङ्गलवार भारतको राजधानी दिल्लीका अधिकारीहरूले एकहप्ता  कर्फ्यू लगाउने निर्णय गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts